हत्या गरेको अभियोगमा पक्राउ

4

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत भक्तपुरबाट कर्तब्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here