काठमाडौं – विप्लव नेतृत्वकाे नेकपाका नेतृ बन्धु कुमारी चन्दलाई बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय दाङ्गले रु २ हजार धराैटी तारेखमा छाेड्ने आदेश गरेकाेमा परिसरबाटै प्रहरीले पुनः पक्राउ गरी बेपत्ता बनाएकाे छ ।
यता सर्वोच्च अदालतले निज चन्दलाई बैशाख १५ गते सर्वोच्चमा हाजीर गराउन आदेश गरेकाे थियाे । बन्धु चन्दका छाेरा प्रतिक चन्दकाे बैशाख ५ गते परेकाे बन्दिप्रत्यक्षीकरण रिटमा सर्वोच्चबाट आदेश भएकाे हाे ।विप्लवले काेराेना संक्रमणमा सबैसंग मिलेर काम गर्ने र प्रतिशाेधात्मक कारवाहीहरु स्थगित गरिएकाे घाेषणा सार्बजनिक गरी एक किसिमले युद्ध बिराम गरिसकेकाे अवस्थामा पनि सरकारबाट बिना कारण धरपकड गर्ने काम राेकिएकाे छैन ।


















