हराएकाे बालककाे कङ्काल फेला

95
रुकुम – सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ ।गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको  कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए ।बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले भने । बालकको मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here