जिवनमा सफल हुन हतारमा कुनै निर्णय नलिनू

185

काठमाडौं–  नेपालीमा एउटा उखान रहेकाे ‘छ हतपटकाे काम लटपट’ यस उखानबाट प्रष्ट हुन्छ हतार लिएकाे निर्णय असफल हुनसक्छ ।  यदि तपाइ पनि कुनै विषयमाथि छिटो निर्णय गर्नु पर्ने हुनसक्छ । अझ भर्खर स्कुल वा कलेज सकेका छौँ भने हामीले छिटोभन्दा छिटो सफल हुनका लागि एउटा निर्णय लिन सक्छौँ ।

यो शिक्षासँग मात्र सम्बन्धित विषय होइन । हामीले अन्य विषयमा पनि यसरी छिटो फैसला लिइरहेका हुन सक्छौँ । तर, जो पनि मानिस सफल भएका छन् भने उनीहरुले कुनै पनि निर्णय हतारमा लिएका छैनन् । सफलताको दौडमा हतारमा निर्णय लिनेहरु हतारोको शिकार बन्न सक्छन् ।

हतारमा गरेका कतिपय निर्णयका कारण पछिसम्म पनि पछुताउनु पर्ने हुन्छ । त्यसैले मानिसले समय लिएर निर्णय लिनु पर्छ । यसका लागि आफ्नो क्षमता परख गर्न पनि सकिन्छ ।

फैसला लिनुभन्दा पहिले विभिन्न परिस्थितिको पनि आँकलन गर्नु पर्ने हुनसक्छ । फैसला वा कुनै निर्णयका कारण कोही व्यक्तिको जीवनमा ठूलो परिवर्तन आउन सक्छ । त्यसैले जीवनमा सफल हुन र लामो रेसमा सहभागि हुनका लागि तत्काल कुनै पनि विषयमा फैसला लिइहाल्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here