नेपालमा काेराेना संक्रमित थप ३ काेराेना संक्रमित ४ जना निको

158

काठमाडाैं – नेपालमा २४ घण्टामा ३ जना संक्रमित थपिएका छन् भने ४ जना निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १२ जना निको भएर फर्किएका छन् । आइतबारसम्म ९९३२ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्कोमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण विदेशबाट फर्केर आएका पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती९निको भएर घर फर्किएसकेको अवस्था० मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन आज सकिँदै गर्दा हिजोको मन्त्री परिषद्को बैठकले पुन १० दिन थप गरी वैशाख २५ गतेसम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । २७,८९० जना संक्रमित रहेको र ८८१ जनाको मृत्यु भएको देखिन्छ । अघिल्लो दिन मात्र १६०७ जना नयाँ संक्रमित थपिएका छन् भने भने ५६ जनाको मृत्यु भएको छ । अरु देशमा घटिरहँदा भारतमा भने संक्रमित र मृत्यु हुने दुवैको संख्या बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here