काठमाडौं – रत्न राज्य लक्ष्मी क्याम्पसमा हाल बि.ए प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको भाषा विज्ञान र नेपाल भाषा साहित्य इतिहास विषयको अनलाइन कक्षा लकडाउन शुरु भएको पर्सी पल्ट देखि नै निरन्तर जारी राखेका छन् । सम्भवतः देशमा लकडाउन घोषणा पश्चात यो नै लकडाउन प्रभावित पहिलो अनलाइन कक्षा हो ।
नेपालभासा अध्ययनरत विद्यार्थीहरुले अनलाइन कक्षा मार्फत आफूहरुले प्रभावकारी शिक्षण सिकाइ पाएको जानकारी दिनु भयो । विद्यार्थी शोभा डंगोल भन्नु हुन्छ, अनलाइन कक्षाबाट कक्षा लिंदा लकडाउनको समयको सदुपयोग भएको छ, कलेज कक्षा लिन नभ्याउने साथीहरुको लागि पनि प्रभावकारी भएको छ । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा लिने सुचना जारि गर्नु अगावै आफूहरुले लकडाउनको लगत्तै शिक्षकहरुसँग समन्वय गरी रत्न राज्य लक्ष्मी क्याम्पस बि.ए. पहिलो बर्ष नेपालभाषाको संचालन गरेको जनाइन् ।
कक्षा सञ्चालनका लागि शिक्षाहरूले अनलाइन मार्फत सुमधुर वातावरणमा कक्षा लिंदै आइरहेकोले एकदम राम्रो महशुस भएको जनाइन् । यस अनलाइन कक्षा शिक्षा मन्त्रालयले अनलाइन कक्षालिने सूचना जारी गर्नु भन्दा अगावै विद्यार्थीहरूले शिक्षकहरूसंग समन्वय गरी विहानको ९ बजे देखि १०ः३० बजे सम्म सञ्चालन हुँदै आएको छ ।
नेपालभाषा कक्षा अनलाइनमार्फत शिक्षक अनुपसिंह सुवालले भाषा विज्ञान र शिक्षिका दिपना शर्माले नेपाल भाषा साहित्य इतिहासको अध्यापन गरि रहनु भएको छ ।
शिक्षक अनुप सिं सुवाल भन्नुहुन्छ, विद्यार्थीहरूको पहलले नै यो कक्षा सञ्चालन भएको हो, विश्वमै कोरोनाको महाप्रकोपको कारणले मानिसहरू घरमै लकडाउन बस्नु पर्दा एकातिर अनिश्चितकालसम्म कक्षा सञ्चालन बन्द हुँदा शिक्षण सिकाइ मै नकरात्मक प्रभाव पर्न सक्ने अर्को तिर दिनहुँ घरमा त्यतिकै बस्नु पर्दा मानसिक तनाव हुन सक्ने भएकोले यो कक्षा सञ्चालनबाट दुबै समस्याबाट मुक्ति मिलेको छ । यस कक्षाबाट विद्यार्थीहरू लाभान्वित भएकोले आत्मसन्तुष्टि प्राप्त भएको छ । – रिदेन महर्जन




















