संकटा क्लबले थ्रीस्टार क्लबलाई हरायो

97

काठमाडौं /शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारलाई २—१ गोलले पराजित गर्दै संकटा उपविजेता रह्यो ।
पहिलो हाफसम्म १—१ को बराबरीमा रहेको खेलमा संकटाले दोस्रो हाफमा गोल गर्दै उपविजेता भएको थियो । खेलमा सबै भन्दा पहिला थ्रीस्टारले ३० औं मिनेटमा अञ्जन विष्टको गोल गरेका थिए । ४१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै संकटाले खेल बराबरी गरेका थिए ।

संकटाका लागि फेरि पाएको पेनाल्टीलाई अमित तामाङले ६१ औं मिनेटमा गोल परिणत गर्दै संकटालाई २—१ गोलको अग्रता दिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here