आक्रोशित मन्त्री बाँस्कोटाप्रति बुद्ध एयरको ध्यानाकर्षण

274

काठमाडौं / प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरको विमानले सोमबार साँझ नबोकेको भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको भन्दै मंगलबार पत्रकार सम्मेलनमा  आक्रोश व्यक्त गरेका छन् । बुद्ध एयरले  बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरकाअनुसार पहिला मौसममा खराबीको कारण काठमाडौंबाट यति एयरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन। साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले जानकारी दिए।

मन्त्री बाँस्कोटालाई  वैशाख २ गते मन्त्री बास्कोटाको भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएपछि बुद्धले तीन बुँदे प्रष्टिकरण सहित ध्यानाकर्षण भएको जनाएको छ ।

बुद्ध एयरले उडान पर्खन नसक्नुका कारण यसरी सार्वजनिक गरेका छः

१) वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं। ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२) काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

३) मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो ।

सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण ग¥यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here