काेराना अपडेट : थप दुइसहित संक्रमित संख्या ५४ पुग्याे

240

काठमाडौं- रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।

उनीहरुको उमेर २४ र ३५  वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिए।

यो सहित नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here