पुरा हुन जिन्दगी (भिडियो) सार्वजनिक

221
काठमाडाैं –  कोरोना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरञ्जन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन्।

गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ। गीतमा संगीत बिशाल पौडेलको रहेको छ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ। रमाइलो ठाउँमा छायांकन गरिएको भिडियोमा कलाकारहरुको रोमान्स देख्न सकिन्छ। संजित के घिसिङले छायाँकन र सम्पादन गरेको भिडियोलाई संजित र अनिश क्षेत्रीले मिलेर निर्देशन गरेका हुन्।

दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा विजयी समेत भैसकेका छन्।

म्युजिक नेपालको अफिसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले यस गीतलाई पनि दर्शकले माया गर्ने अपेक्षा गरेको जनाएका छन्।

बैशाख १६, २०७७, मंगलबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here