एशियन लाइफका कर्मचारीको लागि बिमा

77

काठमाडाैं – एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीको कोरोमा भाइरस बिमा गराएको छ । कम्पनीले प्रुडेन्सियल इन्स्योरेन्सबाट आफ्ना सबै कर्मचारीहरुको १ लाख रुपैयाँको कोरोना बिमा गराएको हो ।

यस बिमा लेखबाट आफ्ना सबै कर्मचारीहरुलाई सम्भावित आर्थिक जोखिम बहन गर्न सहयोगन हुने एशियन लाइफ इन्स्योरेन्सको विश्वास रहेको छ ।

यस बिमा लेख अन्तर्गत कम्पनीको कुनै कर्मचारीलाई पीसीआर परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अवस्थामा बिमंकले १ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

यसअघि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथामको लागि सातै प्रदेशलाई ५(५ लाख रुपैयाँको दरले ३५ लाख प्रदान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here