कूल कोरोना संक्रमितमध्ये ०.३३ प्रतिशतमात्रै भेन्टिलेटरमा

158

नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट संक्रमित कूल बिरामीमध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरसका संक्रमतिमध्ये निकै थोरैलाई भेन्टिलेटरको आवश्यकता परेको छ।

उनले भने, ‘कूल संक्रमितमध्ये ०।३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ, अरुलाई राख्नु परेको छैन।’ त्यसैगरी अरु १।५ प्रतिशतलाई अक्सिजन ग्याँस दिनेगरी राखिएको र २।३४ प्रतिशत बिरामीलाई आइसियुमा राखिएको उनले जानकारी दिए।

लायन्स क्लब इन्टरनेशनलसँगको भिडियो सम्मेलनमा उनले यो तथ्यांकले देशको स्वास्थ्य सेवाको गुणस्तर झल्काउने तर्कसमेत गरेका थिए। कार्यक्रममा उनले कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले गरिरहेका प्रयास र अपनाएका उपायहरुका बारेमा पनि जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here