काठमाडौं । सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै सो कुराको जानकारी गराएकी हुन्।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने तथा क्षतिपूर्ति दिने निर्णय भएसँगै आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा रहेका शव निकालेर शवयात्रा गर्ने तयारी भएको छ।
आज १० जनाको शव र्यालीसहित लैजाने, ६ जनाको शव काठमाडौँ बाहिर लगिने र चार जनाको पशुपतिमा अन्त्येष्टि गरिने जनाइएको छ।


















