आगामी असोजमा विप्लव नेकपाकाे महाधिवेशन

91

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने उद्देश्यका साथ काठमाडौंको खुल्लामञ्चमा असोज १ गते नवौं महाधिवेशनको उद्घाटन हुने जानकारी दिनुभयो।

अन्तरविरोध र अन्तरसंघर्षका रुपमा पार्टीमा नचाहेको र अस्वभाविक परिघटना देखा परेको भन्नुहुदै उहाँले यी सबै विषयमा कुनै भ्रम नरहने गरी छलफल हुने प्रष्ट पार्नुभयो।   “हेमन्त प्रकाश ओलीको टिमलाई स्वागत गरेका थियौं, एकीकृत जनक्रान्तीको छलफल चल्यो” उहाँले भन्नुभयो, “छलफल भएको एक हप्ता पनि भएको छैन, अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने कस्तो शंका र दृष्टिकोण हो ?”

यसखाले गतिविधिले नेतृत्वले ध्यान नपुर्‍याएकोमा कार्यकर्ता दुखी बनेको उहाँले उल्लेख गर्नुभयो।  पार्टीले उठाउदै आएका कुरालाई नागरिकले अपनत्व महसुस गरेको र यसलाई सफलताको रुपमा लिइएको उहाँको भनाइ छ। देशको अर्थतन्त्र जतिसुकै बेला पनि टाँट पल्टिएको घोषणा गर्ने अवस्थामा पुगेको बताउनु हुँदै उहाँले विश्वबाट पूँजीवाद उन्मूलन गर्दै वैज्ञानिक समाजवादका लागि बृहत ढंगबाट अघि बढ्नुपर्ने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here