काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकअघि भएको ओली प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो भएको भेटवार्तामा पार्टीमा देखिएको विवाद र भोलि बस्ने भनिएको सचिवालय बैठकलगायतका विषयमा छलफल भएको छ । भोलि बस्ने भनिएको बैठकको समय अझै टुंगो लाग्न सकेको छैन ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको परामर्सबिना नै अध्यादेश ल्याएपछि सुरु भएको नेकपा विवाद उत्कर्षमा पुगेको छ ।