धादिङ- विश्वमा दुर्लभ मानिएको स्तनधारी बन्यजन्तु सालक धादिङमा फेला परेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ सल्यानटारमा उक्त सालक फेला परेको हो ।
सालक नेपाल लगायत विश्वका ४३ वटा मूलुकमा पाइन्छ । पछिल्लो समय सालकको मासु र खपटाको लागि यसको तस्करी हुने गरेको छ । आकारमा न्याउरी मुसो जस्तो देखिने सालकका शरीर भर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमै मानिसले देख्ने गरेका हुन्छन् ।
सल्यानटारमा स्थानीयले राती गाउँमा सालक भेटेका हुन् । उक्त सालकलाई जिल्ला वन कार्यालय धादिङमा बुझाउने तयारी भई रहेको स्थानीय सन्जु श्रेष्ठले जानाकारी दिनु भएको छ । वन कार्यालयका प्रतिनिधि नआइपुगुन्जेल स्थानीय र प्रहरीले उक्त सालकलाई संरक्षण गरिरहेका छन् । एउटा सालकले वर्षमा ७ करोड भन्दा बढी धमिरा र कीरा कमिला खान्छ ।
सालकले किसानको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ ।
बालीलाई नोक्सान गर्न सक्ने कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव पनि हो । सालक विश्वको सबै भन्दा धेरै बेचबिखन हुने स्तनधारी जनावर हो । कानुनले सालकको अवैध शिकार वा व्यापार गर्नेलाई जेल सजायको व्यवस्था समेत गरेको छ । राज शाक्य


















