लकडाउन उल्घंन गरेका सवारीसाधनलाई एक हजार जरिवाना

140

काठमाडौं – कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन जारी लकडाउन उल्घंन गरेका सवारीसाधनलाई एक हजार रुपैयाँ लिएर प्रहरीले छोड्न शुरु गरेको छ ।

गत वर्ष चैत्र ११ गतेदेखि लागु भएको लकडाउन उल्घंन गरेका मोटरसाइकल र अन्य सवारीहरुलाई सुर्खेत प्रहरीले छोडेको हो । चैत महिनाभरी लकडाउन उल्घंन गरेका झण्डै चार सय सवारी छाड्ने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएका सवारीहरुबाट प्रति सवारी एक हजार जरिवना गरिएको छ । ‘चैत्र महिनामा नियन्त्रणमा लिएका सवारी छोडिरहेका छौं’ रायमाझीले भने, ‘लकडाउनको फेरि उल्घंन गरे सोहीअनुसार कारवाही गर्ने चेतावनी दिएर प्रहरी कार्यालयमा रहेका सबै सवारी सम्बन्धित सवारी धनीको जिम्मा लगाइरहेका छौं ।’

लकडाउन यथावत रहेकाले फेरि उल्घंन गरे सोहीअनुसार कारवाही गर्नेगरी रेकर्ड राखिएको शाहको भनाइ छ ।उनले सबैका सुरक्षित रहन लकडाउन लागु गरिएकाले अत्यावश्यक अनवाश्यक हिडडुल नगर्न आम नागरिकलाइ आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here