कथानक चलचित्र ‘द रेड सुटकेस’ प्रति बाबुराम भट्टराईले हेरेपछि यस्ताे प्रतिकृया

32

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कथानक चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा चलचित्र हेरेपछि उनले चलचित्रको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् ।

चलचित्र हेर्दै उनले ‘द रेड सुटकेस’ जस्तो आजसम्म कतै पनि नहेरेको प्रतिक्रिया दिए । चलचित्र सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले ‘द रेड सुटकेस’को शैली प्रति जिज्ञासा राखेका थिए । उनले यो चलचित्रलाई फरक र अनौठो संज्ञा दिए ।
‘यस्तो खाले नेपाली चलचित्र पहिले कहिल्यै बनेको छ ? कस्तो फिल्म भन्छन् यसलाई ?’ बाबुरामको प्रश्न थियो । जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर चलचित्र बनाएको जनाएका थिए ।
बाबुरामले चलचित्रको विषयवस्तु समसामयिक भएको र दृश्यहरू पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए । चलचित्रको प्रशंसा गर्नमा कन्जुँस्याई गरेन उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराए ।
बाबुरामसँगै चलचित्र हेर्न आएकी मानुषी भट्टराईले भने चलचित्र नेता तथा नीति निर्माण गर्ने ओहदामा बसेका सबैले अनिवार्य रूपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।

‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा चलचित्रले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने चलचित्र बनेको छ । मलाई त चलचित्र असाध्यै सुन्दर लाग्यो,’ मानुषीले भनिन् ।

गत चैत ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण गरेका हुन् । चलचत्रिमा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here