आज सुनको मूल्य बढ्याे

49

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार)को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको थियो।

आइतबार छापावाल सुन प्रतिला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेकोमा सोमबार भने फेरि बढेको हो। आज चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रूपैयाँ बढेको हो। सोमबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। Ncell आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here