वीरमा अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन

22

काठमाडौं । वीर अस्पतालले  ग्यास्ट्रोइन्टेरोलोजी सेवा अन्तर्गत अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन गर्ने भएको छ।  अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलका अनुसार वीरमा वैशाख एकदेखि हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपिडी सेवा संचालनमा आएको हो।

डा शर्माले भने, ‘आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि हामीले वैशाख १ गतेदेखि नै हरेक हप्ताको सोमबार विशेष ओपिडी सेवा संचालन गरिरहेका छौं, यस्तो समस्या हुने विरामीले हरेक हप्ता सोमबार आएर सेवा लिन सक्नुहुनेछ।’

अस्पतालका अनुसार यो सेवा लिनका लागि बिरामीहरुले हरेक हप्ताको सोमबार १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपिडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here