निर्मला हत्या प्रकरणका अभियोगी बिष्टको मानसिक स्वास्थ्य तथा यौन उत्तेजनाको परीक्षण सम्पन्न

286

कञ्चनपुर/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ ।उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्पोट भने सार्वजनिक गरिएको छैन ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिष्टको स्वास्थ्य परीक्षण रिपोर्ट अदालतमा पेश गर्ने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनको मानसिक सन्तुलनको अवस्थाबारे परीक्षण गर्न काठमाडौँ ल्याएको थियो । दिलिपको मानसिक अवस्थासँगै यौन उत्तेजनाको पनि परीक्षण गरिएको छ । काठमाडौँमा स्वास्थ्य परीक्षण सकेर दिलिपलाई महेन्द्रनगर लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here