काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गरेको छ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबीआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाखको चेक उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका थिए ।


















