कोरोना भाइरसकाे संक्रमण युराेपकाे बेलायत सबैभन्दा बढी मत्यु

161
एजेन्सी – बेलायतमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। बेलायतभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन् ।

यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ। इटली र बेलायतमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्।

बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ। तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि बेलायतको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ। हरेक देशमा परीक्षणको दर फरक छ, आजको मितिसम्म इटलीमा यूकेमा भन्दा बढी सङ्ख्यामा परीक्षणहरू भइरहेका छन्।

कोरोनाभाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री राबले देशमा २९,४२७ जना व्यक्तिले ज्यान गुमाएको जनाए । यो स्तरमा यसरी देशले ठूलो विपद्‌ कहिल्यै नदेखेको उनको धारणा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here