हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु

134

एजेन्सी । इजरायलले प्यालेस्टाइनमा हवाइ हमला गरेको छ। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

जेरुसेलमको पूर्वी क्षेत्र अल अक्सामा गत शुक्रबारदेखि जारी झडपकै बीच प्यालेस्टाइनमाथि इजरायलले हवाई हमला गरेको हो। यसअघि प्यालेस्टाइनका चरमपन्थी संगठनहरूले इजरायलतर्फ रकेट आक्रमण गरेका थिए।

सो हमलाको जवाफमा इजरायलले गाजापट्टीका कयौं स्थानमा बम बर्साएको हो। इजरायली सेनाले प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका कम्तिमा ३ जना स्थानीय नेताहरूको मृत्यु भएको दाबी गरेको छ।

अमेरिका, बेलायत र यूरोपेली संघले इजरायल र प्यालेस्टाइनलाई जतिसक्दो चाँडो तनाव हटाउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here