हिमानी ट्रष्टद्वारा कोरोना कोषमा २ करोड

114

काठमाडाैं – पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ प्रदान गरेको छ। आइतबार ट्रष्टले उक्त रकम कोषामा जम्मा गरेको हो। योसँगै कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्र कोषमा ४ करोड ७८ लाख १२ हजार १ सय ७९ रुपैयाँ ७६ पैसा जम्मा भएको छ।

आइतबार कोषमा जनक शिक्ष सामाग्रि केन्द्र लिमिटेडले ५१ लाख रुपैयाँ, सूर्य लाईफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, ज्योती लाइफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, सिटिजन लाइनफ इन्सुरेन्सले साढे ७ लाख रुपैयाँ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ लाख १६ हजार १ सय ३७ हजार रुपैयाँ जम्मा गरेका थिए।

केन्द्रिय तथ्यांक विभागले ६ लाख ९० हजार ३ सय १० रुपैयाँ, कमलामाई नगरपालिकाले ४ लाख ८३ हजार ६६ रुपैयाँ, नेपाल दुरसंचारका कर्मचारीले ४ लाख ५६ हजार ४१ रुपैयाँ १५ पैसा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख ३६ हजार ३ सय ५७ रुपैयाँ, भक्तपुर जिल्ला अदालतले ३ लाख ६ हजार ९ सय ३८ रुपैयाँ, वनस्पती विभागले ३ लाख ४ हजार ६ सय ४२ रुपैयाँ आइतबार नै कोषमा जम्मा गरेका थिए।

आइतबार जिल्ला हुलाक कार्यालयले २ लाख ५६ हजार १ सय ५१ रुपैयाँ, जल तथा उर्जा आयोगलको सचिवालयले २ लाख १७ हजार ७ सय ९० रुपैयाँ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले २ लाख १ हजार रुपैयाँ, उच्च अदालत विराटनगरले १ लाख ७९ हजार २ सय ८९ रुपैयाँ, मेची भन्सार कार्यालय काकडभिट्टाले १ लाख ७१ हजार १ सय ४७ रुपैयाँ, प्रदेश नं.५ प्रदेश प्रमुखको कार्यालयले १ लाख ५७ हजार २ सय १२ रुपैयाँ, अख्तियार दुरुपयोगले १ लाख ४९ हजार ८ सय ९२ रुपैयाँ कोषमा जम्मा गरेका थिए।

विद्युत उत्पादन कम्पनीले १ लाख २० हजार २८ रुपैयाँ, कपिलवस्तु वनपैदावर उद्योगले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सडक डिभिजन कार्यालय दमकले १ लाख ७ हजार ३ सय रुपैयाँ, वाली विज्ञान महाशाखाले १ लाख ३ हजार ३ सय २७ रुपैयाँ र अन्य व्यक्ति तथा संस्थाले १ करोड ४२ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ कोषमा आइतबार जम्मा गरेका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here