काठमाडौं– खरिपाटीमा रहेका ९४ जनाको कोरोना भाइरसको टेस्टको नतिजा आएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सबैको टेस्ट नेगेटिभ आएको हो । केही समयअघि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भए पनि दुई विमानले यी नेपालीहरुलाई भारत र दुबईलगायतका देशबाट ल्याएका थिए ।
विमानस्थलबाट सरकारले उनीहरुलाई खरिपाटीमा लगेर क्वारेन्टाइनमा राखेको थियो ।
सबैको टेस्ट नेगेटिभ आएपछि उनीहरुलाई त्यहाँबाट घर जान दिइने जनाइएको छ ।


















