सरकारकाे लापरबाहीका कारण नेपालमा कोरोना दोस्रो चरणमा पुगेको मोहन वैद्यको आरोप

55
काठमाडौं /  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस(कोभिड-१९) सङक्रमन फैलिएकोमा सरकारको लापरबाही र गैर जिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना गरेका छन् ।
 कोरोना भाइरसको संक्रमण फैलन नदिन  सरकारले पर्याप्त ध्यान नदिँदा नेपालमा कोरोना दोस्रो चरणमा पुगेको नेकपा (क्रान्तिकारी माओवादी) ले आरोप लगाएको छ।
विदेशबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिँदा पनि सरकारले त्यसको पूरै बेवास्ता गरेका कारण अहिलेको स्थिति देखापरेको क्रान्तिकारीले जनाएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीलाई निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई परिचालन गर्नुपर्नेमा सरकार स्वास्थ्य सामग्रीबाट कमिसन प्रकरणमा लागिपरेको आरोप लगाएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘हाम्रो पार्टी नेपाल सरकारको यस्तो लापरबाही र गैरजिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना गर्दछ’ उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here