सनराइजद्वारा नववर्ष २०७७ सालको क्यालेन्डर सार्वजनिक

215

काठमाडौं– सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको जनाएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्पmत आफ्ना ग्राहकहरुसम्म पु¥याउने निधो गरेको छ ।

क्यालेन्डर बैंकको बेवसाइट https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf बाट हेर्न र डाउनलोड गर्न सकिने छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबरमार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र वर्क फ्रम होमलाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फेरेन्समार्फत सार्वजनिक गरिएको हो ।

बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहज्तालाई प्राथमिक्ता दिदैं आएको र आउने दिनहरुमा पनि दिदैं जाने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here