एसईई खारेज गरौं : नेता थापा

149

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले हाल लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने जनाएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले  जनाए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here