वीरगञ्जमा एकैदिन १७ जना कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

96

काठमाडौं-वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।

वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here