काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको चर्चा गरेका छन् ।
“सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख छन्”, उनले भने, “नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको छ ।’’ उनले भने, “प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दा सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुनेछ भन्ने मेरो विश्वास छ ।” संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको चर्चा गदै यसप्रति पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्ने बताएका छन् । उनले भने, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”
यही चैत ११ बाट जारी ‘लकडाउन’को कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति उनले सम्मान व्यक्त गरेका छन् । गोरखापत्रले १२० वर्षदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासमा समर्पित रही योगदान गरेको चर्चा उनले गरेका छन् । उनले गोरखापत्रको १२० वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५८औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्र संस्थानमा कार्यरत पत्रकार, प्राविधिक र कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । गोरखापत्रबाट


















