अर्ति दिने स्वास्थ्यमन्त्री आफैं हात मिलाउँदै 

170

काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पछिल्लो समय त्यति सक्रिय देखिएका छैनन् । कोरोनासम्बन्धी स्वास्थ्य सामग्री खरिद काण्डमा मुछिएपछि ढकालको अनुहारको चमक हराएको छ । उनी जे बोल्छन्, जस्तो गतिविधि गर्छन्, त्यो विवादमा आइहाल्छ ।

बिहीबार पनि यस्तो घटना दोहोरिएको छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले आमजनतालाई विभिन्न सतर्कता अपनाउन भनेको छ । विश्व स्वास्थ्य संगठनले पनि मास्क लगाउन, कसैसँग हात नमिलाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुन पानीले हात धुन भन्दै आएको छ ।

स्वास्थ्यमन्त्री ढकालले पनि यस्तो अर्ति र उपदेश अरुलाई पटक पटक नदिएका होइनन् । तर, बिहीबार स्विटजरल्यान्डकी राजदूतसँग उनले हात मिलाएका छन् । बिहीबर साँझ त्रिभुवन विमानस्थलमा स्विस सरकारसँग स्वास्थ्य सामग्री बुझेपछि उनले राजदूतसँग हात मिलाएका हुन् । जसको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

ढकालले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले कसैसँग पनि हात नमिलाउनु भन्या भनेइ छ। सामाजिक दूरी कायम राख्नु भनिएको छ । तर, अझै पनि स्वास्थ्यमन्त्रीले कोरोना संक्रमणको गाम्भिर्यता नबुझेको देखिएको छ । canadanepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here