काठमाडौं – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कुलेश्वरको जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाले अनलाइनबाट विद्यार्थीलाई बुझाउन नसकिने भएकाले तत्काल कामचलाउ मात्र भएको बताउँदै अनलाइनबाट अध्यापन विधि प्रभावकारी नभएको चर्चा गरेका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरन्जी गौतमले सामुदायिक क्याम्पसहरू प्रायः ग्रामीण भेगमा भएकाले अनलाइन९मार्फत अध्यापन गर्न प्राविधिक रूपमा कठिन भएको गुनासो गरेका छन् । कैलाली बहुमुखी क्याम्पस धनगढीका प्रमुख डा। पदमराज जोशीले बन्दाबन्दी सकिएपछि पुनः विद्यार्थीलाई अध्यापन गर्नुपर्ने हुन्छ भनेर नयाँ विषय अध्यापन नगर्ने गरिएको बताएका छन् । कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डेले त्रिविले आफू अन्तर्गतका क्याम्पसहरूको सहकार्यमा अध्यापन विधिका विकल्प तय गरिदिनुपर्ने सुझाव दिएका छन् । सूचना प्रविधि विशेषज्ञ पदमराज पन्तले त्रिविको पाठ्यक्रम अनलाइन कक्षामार्फत अध्यापन गर्न मिल्ने खालको नभएको तर्क गरेका छन् । गोरखापत्रबाट


















