धादिङमा नेपाली भूमि अतिक्रमणविरुद्ध विरोध प्रदर्शन

166

काठमाडौं – युवा समूह धादिङले आज नेपाली भूमि अतिक्रमण गरिएको भन्दै भारतविरुद्ध विरोध तथा प्रदर्शन गरेको छ । उक्त समूहको नेतृत्व गरेको राजन लम्साल ‘ज्वाला’ले जनाएअनुसार आज विहान ११ बजे निलकण्ठ नगरपालिका-३ मा देशप्रेमी, राष्ट्रप्रेमी धादिङका नेपाली नागरिक, युवा साथीहरू नेपालको राष्ट्रिय झण्डासहित पुच्छारबजार पेट्रोलपम्प नजिकै चौतारामा जम्मा भइ भारतविरुद्ध प्रदर्शन गरेका थिए ।

लम्सालले भने-“हामीले भारतले हाम्रो देश नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भूमि अतिक्रमण गरेको बिरुद्ध भूमि फिर्ता हुनुपर्छ भनि भारत सरकारलाई ठाडो चुनौती र नेपाल सरकारको ध्यानाकर्षण गराउन गरिएको राष्ट्रबादी अभियान र्याली कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौं । यस कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण देशप्रेमी, राष्ट्रप्रेमी युवा, अग्रज व्यक्तिहरु, पत्रकार साथीहरू साथै यो अभियानमा सुरक्षामा खटिएका तमाम राष्ट्रभक्ति सुरक्षाकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु ।” उनीहरुले नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, नेपाली भूमि फिर्ता गर लगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here