मृत अवस्थामा फेला

26

काठमाडौं । कैलाली, जानकी गाउँपालिका-४ कंचनपुर बस्ने ३० वर्षीय रमेश कठरिया सोही ठाउँस्थित कुलोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, देवदह नगरपालिका-९ स्थित रोहिणी खोलाको पुल मुनी तिलोत्तमा नगरपालिका-११ मलारानी बस्ने ५५ वर्षीय बम बहादुर क्षेत्री सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, सिरानचोक गाउँपालिका-२ थालाजुङ बस्ने ८० वर्षीय दिल बहादुर गुरूङ पालुङटार नगरपालिका-१ एक्लेसाँघुस्थित चेपे नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here