काठमाडौं – आज बुधबार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका २ जना २२ वर्ष, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षका पुरुष, ४, १०, २८ वर्षका महिलालाई संक्रमण पुष्टि भएको छ ।

















