एड्स जस्तै कोरोना संक्रमण कहिलै अन्य नहुन सक्छः डब्ल्यूएचओ

165

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओका आपतकालीन निर्देशक माइकल रयानले उक्त सम्भावना व्यक्त गरेका हुन् ।

उनले एचआईभीको उन्मुलन हुन नसकेको जनाउदै कोरोनाको पनि उन्मुलन हुनेमा शंका व्यक्त गरेका छन् ।माइकल रयानका अनुसार भ्याक्सिन बिना यो रोगका लागि प्रतिरोधी क्षमता हासिल गर्न वर्षौं लाग्न सक्छ ।

हाल कोरोनाको भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेको भएपनि संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् । यद्यपी सय भ्याक्सिन बनाउने कोसिस भइरहेको भने उनले जानकारी दिएका छन् ।

विश्वका धेरै देशले लकडाउन खुकुलो बनाउन विभिन्न तरिका अपनाइरहेको जनाउदै उनले सबै देशलाई अलर्ट रहन समेत सल्लाह दिएका छन् ।बीबीसीका अनुसार जनजीवन सामान्य हुन निकै धेरै समय लाग्नेसमेत उनको अनुमान रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here