उत्कृष्ट पाँचमा पुग्न भोट माग्दै दिवेश

260
काठमाडौं – संगीत रुचाउनेका लागि विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडल महत्वपूर्ण रहने गरेको छ । यसपटक सो रियालिटी कार्यक्रममा नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट सातमा पुगेपछि नेपालीको चासो यो कार्यक्रममा बढेको छ ।

अब यो प्रतियोगिताको उत्कृष्ट पाँच यही आइतबार घोषणा हुँदै छ । जसका लागि आफूलाई धेरैभन्दा धेरै भोट गर्न यी गायकले अनुरोध गरेका छन् । अथर गनका नामले परिचित दिवेशले यसपटक भोटिङका आधारमा आफू उत्कृष्ट सातमा पुगेको दिवेशले बताएका छन् । यसरी नै देश विदेशमा रहेका नेपालीले आफूलाई अनलाइन भोटिङ गर्ने हो भने आफू उत्कृष्ट पाँचमा पुग्ने उनको कथन छ । उत्कृष्ट पाँच नै फाइनल कार्यक्रम भएकाले यसपटक आफूलाई बढी नै सहयोगको आवश्यकता भएको पनि उनले बताएका छन् ।

काठमाडौंको रविभवनका दिवेश आफ्ना परिवारसहित सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसँग अमेरिका गएका हुन् । उनी दुई वर्षयता सक्रिय रूपमा अमेरिकामा अथर गनको परिचय बनाएर गायनमा लागेका हुन् ।

यही आइतबार उत्कृष्ट सातमा परेका उनले उत्कृष्ट सातका लागि भएको प्रतिस्पर्धामा आज सामुयल इ राइटको ‘किस द गर्ल’ गीत गाएका थिए । उनी यही गीतबाट उत्कृष्ट सातमा छानिए । यसअघि उनी उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट सातमा पुगेका हुन् । विगतझैं यसपटक पनि दिवेशको गायनको निर्णायकहरूको खुलेर प्रशंसा गरे । उत्कृष्ट सातको प्रस्तुतिका क्रममा अमेरिकामा ‘मदर्स डे’ भएकाले सो प्रस्तुतिमा नेपाली युवा दिवेशले बोन इभरको ‘हे मा’ बोलको गीत आमालाई सुनाएका थिए । यो गीतले सबैलाई भावुक बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here