काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा हरि प्रसाद सोडारीले सम्पादन गर्नु भएको अनेकौंका दृष्टिमा राष्ट्र निर्माता नामक ग्रन्थको आर्मी अफिसर्स क्लब (सभामण्डप) मा आयोजित कार्यक्रममा लोकार्पण गर्नु भएको छ ।
उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो भने ग्रन्थका प्रधान सम्पादक हरि प्रसाद सोडारीले पुस्तकको विषयमा जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउनु हुदै खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकासित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नु भएको थियो ।
उक्त लोकार्पण कार्यक्रममा पूर्व मन्त्रीहरु, पूर्व उपकुलपतिहरु, पूर्व आयुक्तहरु तथा सचिवहरु, पूर्व प्रधानसेनापति तथा रथीवृन्दहरु, नेपाली सेनाका वहालवाला रथीवृन्द तथा अधिकृतहरु, पत्रकारहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


















