अवैध लागूऔषधसहित पक्राउ

101

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजोपाम ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ६९ एम्पुल सहित म्याग्दी बेनी नगरपालिका-१० पातले खेत बस्ने २२ वर्षीय रबि किसानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख ४९६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला परी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here