काठमाडौं/संयुक्त राष्ट्र संघले मालीका राष्ट्रपति बाह डौ र प्रधानमन्त्री मोक्तार औनेलाई अबिलम्ब मुक्त गर्न माँग गरेको छ । मालीस्थित राष्ट्र संघीय मिसनले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रहरीले बन्धन बनाएपछि यसप्रकारको माँग गरेको हो ।
फ्रेञ्च भाषामा गरिएको एक ट्वीटमा मिनसुमा मिसनले समेत सुधारको दिशामा रहेको पश्चिमी अफ्रिकी राष्ट्र मालीमा संयमता अपनाउन आग्रह गरेको छ । सञ्चारमाध्यमहरुले सिपाहीले अन्तरिम राष्ट्रपति डौ र प्रधानमन्त्री औने सबार गाडीलाई बमाकोस्थित सैन्य कार्यालयसम्म लगेको उल्लेख गरेको थियो । यस प्रकारको घटनाले माली एकैवर्षमा दोस्रो पटक सैन्य कूको आशंका गरिएको छ । रक्षा मन्त्री सौलेमन डौकरलाई समेत बन्धक बनाइएको छ ।
सोमबार साँझ प्रधानमन्त्री औनेले एएफपीसँगको टेलिफोन कुराकानीमा सिपाहीले आफूलाई नियन्त्रणमा लिन आएको बताइरहँदा टेलिफोन अबरुद्ध भएको थियो ।


















