यूरो २०२० कपकाे स्पेनिस टोलिबाट बाहिरिए रामोस

92

काठमाडौं । सर्जियो रामोस यूरो २०२० फुटबल प्रतियोगिता खेल्ने स्पेनिस टोलिबाट बाहिरिनुभएको छ । स्पेनका प्रशिक्षक लुईस एनरिकले यूरो २०२० खेल्न घोषणा गरेको २४ सदस्यीय टोलिमा रियल मड्रिडका सेन्टर ब्याक सर्जियो रामोसले स्थान पाउनुभएन । सर्जियो रामोसको अनुपस्थितिले रियल मड्रिडका कुनै पनि खेलाडी स्पेनको यूरो २०२० खेल्ने टोलिमा पर्न सकेनन ।
म्यान्चेष्टर सिटीका डिफेन्डर एमरिक लपोर्टे भने फ्रान्सबाट स्पेन सरेपछि पहिलो पटक स्पेनको प्रतिनिधित्व गर्नुहुने भएको छ । उहाँ २४ सदस्यीय टोलिमा स्थान पाउनुभएको छ । प्रिमियर लिग खेलेका दश जना खेलाडीलाई टोलिमा स्थान दिएकोमा लपोर्टे एक हुनुहुन्छ । ब्राइटनका गोलरक्षक रोबर्ट साञ्चेज, लीड्स यूनाइटेडका डिफेन्डर डिएगो लोरन्टे र वल्भ्सका फरवार्ड एडम ट्रौरे समेत टोलिमा स्थान बनाएका छन् ।
रामोसले पछिल्लो पटक मार्च महिनामा विश्वकप छनोट खेलमा स्पेनको प्रतिनिधित्व गर्नुभएको थियो । स्पेनले ग्रीससँग बराबरी खेल्दा रामोस अनुपस्थित रहेपनि कोसोभोमाथि जित हात पारेको टोलिका सदस्य हुनुहुन्थ्यो ।
त्यसपछि रामोसले गत् मई पाँचमा पहिलो पटक च्याम्पियन्स लिग सेमीफाइनलको दोस्रो लेगमा चेलसीसँग हार बेहोर्दा रियल मड्रिडको टोलिमा पुनरागमन गर्नुभएको थियो ।
यूरो २०२० आगामी जुन ११ मा सुरु भई जुलाई ११ सम्म चल्नेछ । पोल्याण्ड, स्लोभाकिया र स्वीडेनसहित स्पेन यूरो २०२० को समूह इ मा छ ।
स्पेनले घोषणा गरेको टोलिमा यूनै सिमोन, देविड डे जिया, रोबर्ट साञ्चेज गोलरक्षकको रुपमा टोलिमा अटाएका छन् । जोस गया, जोर्डि अल्बा, पौ टोरस, एमरिक लपोर्टे, एरिक गार्सिया, डिएगो लोरन्टे, सेसर एज्पिलिक्वेटा डिफेन्डरका रुपमा टोलिमा समावेश गरिएका छन् ।
सर्जियो अल्कान्त्रा, कोके, फाबियन रुइज, मार्कस लोरन्टे मीडफिल्डको जिम्मेवारीमा रहनेछन् । डानी ओल्मो, मिकेल ओयाबल, अल्भारो मोराटा, जिरार्ड मोरेना, फेरन टोरस, एडम ट्रौरे र पाब्लो सराबिया फरवार्डको भूमिकामा हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here