ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

93

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने दोलखा वैतश्वर गाउँपालिका-६ नाम्दु घर भएका ३० वर्षीय विकाश तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७८ चैत ९ गते दिउँसो काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित भोटाहिटी फलफूल पसल अगाडि २५ वर्षीय सुरज खड्कालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here