एमसिसीमा सरकारको विरोध, नयाँ नक्साको स्वागत

105
काठमाडाैं – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारका पछिल्ला दुई कदमको समीक्षा गरेका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा नै एमसिसी पारित गर्ने योजना बनाएको प्रष्ट भएको भन्दै त्यसको विरोध गरेका छन् ।

उनले सरकारले एमसिसीलाई चोर बाटोबाट भित्र्याउन खोजेको पनि आरोप लगाएका छन् ।

यस सम्झौताले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच आउने उनले बताएका छन् । त्यसैले यो नीति तथा कार्यक्रम पारित नगर्न उनले सांसदहरुसँग आग्रह गरेका छन् ।  अर्कोतिर सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नयाँ नक्सा ल्याएकोमा वैद्यले सरकारालाई धन्यवाद दिएका छन् । ‘यो हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गर्छु,’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here