राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ भिडियाे सार्वजनिक

233

काठमाडौं – नेपाल–भारत सीमा विवादको विषयले हाल सामाजिक संजाल तातेको छ । यस विषयमा नेपाली कलाकारले पनि आआफ्नो तर्फबाट आवाज बुलन्द पार्ने काम गरेका छन् ।

यस्तैमा सीमा विवादको विषयमा गायक तथा संगीतकार विशाल पौडेलले राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ बनाएका छन् ।  पौडेलको गीतमा हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक विशाल पौडेलकै रहेको छ । गीतमा सारंगीको मिठो धुन सुन्न सकिन्छ । जसलाई प्रिन्स नेपालीले भरेका हुन् ।  गीतको भिडियो समेत निर्माण भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here