काेभिड १९ राेकथाममा अफ्रिकी देशबाट सिक्नुपर्ने : राष्ट्रसंघ महासचिव

140

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने जनाएका छन् ।

बुधबार फ्रान्सको एक रेडियोसँग कुरा गर्दै उनले महामारीको सुरुका दिनमा अफ्रिकी देशमा जुन खालको संक्रमणको आशंका गरिएको थियो त्यो तहमा नदेखिएको जनाएका  छन् ।

अफ्रिकी देशले जसरी सही समयमा सही कदम उठाए यसमा त्यहाँका सरकारहरुले कसरी काम गरे त्यो विकसित देशका लागि सवक भएको गुटेरेसले बताएका बीबीसीले जनाएको छ ।अफ्रिका महादेशमा हालसम्म ३ हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ भने ८८ हजार संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here