थुनुवा कक्षमा कोरोना : प्रहरी कार्यालय सिल

191
 कैलाली – जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ ।
शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जनाए । उनले ‘हामी पनि असुरक्षित भयौं ।’
उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको जनाए। संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

 

तीन दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार  कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने ।