काठमाडौं, – देशमा कोरोना भाइरसको संक्रमित संख्या ५ सय नाघेको छ । पछिल्लो पटक कोरोना भाइरसका थप २० संक्रमित पत्ता लागेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थप दुई नयाँ जिल्लामा संक्रमित थपिएका छन् । योसँगै कुल ४० जिल्लामा संक्रमित भेटिएका छन् ।
कुल संक्रमितमध्ये ४३३ पुरुष र ७४ महिला छन् । उनीहरु कैलाली, बाँके, बैतडी, डडेलधुरा जिल्लाका हुन् । यसअघि आज विहान ३० जना संक्रमित थपिएका थिए ।

















