कीर्तिपुरमा भारी बाेकी जीविकाेपार्जन गर्ने सूर्यबहादुरकाे असामयिक निधन

252

काठमाडाैं – विगत  लामाे समय देखि कीर्तिपुर नगरपालिकामा भारी बाेकी जीविका गर्दै आएका  सबैका परिचित “सुर्य बहादुर” आज लक डाउनकाे ६२ औं  दिन कीर्तिपुर-१० स्थित मंगल माविकाे सडक पेटीमा अन्तिम अवस्थामा छट्पटाईरहेकाे स्थानीय चिथूका युवाहरूले जानकारी दिए ।

बिहानसम्म भरियांपुखुसी टाेलमा हिंडडुल गरेकाे देखेका सूर्यबहादुर कालगतिले नै अपत्यारिलाे र अप्रत्याशित खबर बने । धादिंग घर बताउने उनलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन नपाउँदै उनकाे सास राेकियाे र समस्त कीर्तिपुरेबाट सधैंका लागि सबैका प्यारा सूर्यबहादुर तामाङ बिदा भएकाे विरेन्द्र शाक्यले भन्नुभयाे ।

तस्विर: अमन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here