चर्चित मोडेल अञ्जली अधिकारी यसकारण भावुक

206

काठमाडौ – चर्चित मोडेल अञ्जली अधिकारीले कुनै कुरामा नचुकेकको हाम्रो देश आज जातिय विभेदमा चुकेको जनाएकी छिन् । उनले अभिनय रहेको प्रकाश सपुतले निर्देशन गरेको गीत गलबन्दी निकै सफल भएको थियो । उनले पुर्खाहरुको रगत र पसिनाले आर्जेको मुलुकको गर्व गर्दै आएका हामी आज हाम्रो सिर केही समाजका नकरात्मक कार्यले झुक्न वाध्य भएको भन्दै भावुक भएकी छिन् ।

अंग्रेजी शिक्षाप्रति व्यंग गर्दै उनले शिक्षाले मानवता शिक्षा नदिएकोमा पनि आपत्ती जनाइन् । आफ्नी प्रेमिकालाई साथीहरुसहित लिन गएका युवाले ज्यान गुमाएको यर्थाथको बारेमा अञ्जलीले आज सामाजिक सञ्जालमा भावुक भएर लेखेकी छिन्, हाम्रो देश नेपाल त्यो देश जुन कुनै देश को गुलामी नभय को देश कुनै कुरा मा नचुकेको देश तर आज जातीय भेदभाव मा चुक्यो । हाम्रो पू्र्खा हरु ले आफ्नु खुन पसिना एक गरेर सिङ्गो नेपाल जस्मा हामी गर्ब गर्न सक्थेउ आज हामी र हाम्रो समाज अनि हामी हरु को घटिया सोच ले सिर झुकाउनी बनायो । अङ्ग्रेजी बोल्न मात्र पढेको शिक्षा के काम ह ? जुन शिक्षा ले बोल्न मात्र सिकायो तर मानबता के हो सिकायन हा हा हाम्रो देश को कानुन हा हा हाम्रो देश को राजनीति । आज भेरी ले लास मात्र होइन देश को कानुन र मानविय संवेदना पनि बगायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here